निर्वाचन प्रचारप्रसारमा देखिए नवलपरासी सुनवलका स्थानीय तहका पदाधिकारी

विचार समाचार
twitter sharing button
sharethis sharing button

नवलपरासी, ३० असोज । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार र राजनैतिक दलजा प्रतिनिधिहरुले आफ्नो तयारी तिब्र पारिरहेका छन । यसै बिच स्थानीय तहका कर्मचारी र पदाधिकारीलाई निर्वाचन आयोगले आफू निर्वाचित स्थलमा कुनैपनि उम्मेदवारको पक्ष तथा विपक्षमा भोट माग्न प्रचारप्रसार नगर्न, उम्मेदवारको विषयमा गरिएका पोस्ट शेयर नगर्न तथा कुनै पनि पोस्ट नगर्न निर्देशन दिएको छ ।


निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई आसन्न निर्वाचनको प्रचारप्रसारमा रोक लगाए पनि आयोगको निर्देशनबमोजिम कार्य भएको देखिदैन । निर्वाचन आचारसंहिता र आयोगको उल्लंघन भने भइ नै राखेका छन । निर्वाचन आचारसंहिताको उल्लंघनको उदाहरणका लागि धेरै टाढा पनि पुग्नु पर्दैन । पश्चिम नवलपरासीमा नै यस्को जल्दोबल्दो उदाहरण भेटिएको छ ।

शनिबार पश्चिम् नवलपरासीको सुनवल नगरपालिकास्थित एक कार्यक्रमका बिच स्थानीय तहका राजनैतिक दलका जनप्रतिनिधिको सहभागीता देखियो त्यो पनि निर्वाचन कार्यक्रम तयारी भेलामा । शनिबार नेकपा एमाले र जनता समाजवादी पार्टी नवलपरासी क्षेत्र नम्बर २ ले संयुक्त रुपमा आयोजना गरेको निर्वाचन कार्यक्रम तयारी भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा सुनवल नगरपालिकाका र रामग्राम नगरपालिकाका गत बैशाखमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु उपस्थित भए । आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको चरम बिरुद्धमा गएर हाम्रा राजनैतिक दलका जनप्रतिनिधिले गरेको कार्यको मुल्यांकन कसरी गर्ने त? कानुन नियम र आचारसंहिता सबैका लागि समान हुन, सुनवल र रामग्राम नगरपालिकाका मेयर अनि एमालेबाट निर्वाचीत भएका जनप्रतिनिधि तथा वडाध्यक्षहरुलाइ कानुन, आचारसंहिता निर्बिरोध उल्लंघन गर्ने स्वतन्त्रता छ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ । नियम उल्लंघन गरि सार्वजनिक कार्यक्रममा नै सरिक भएर चुनाब प्रचारप्रसार गर्नु कहाको नैतिकता हो? नाइ हुनै सक्दैन यो त सरासर राजनीति हो । सार्वजनिक कार्यक्रममा सरिक भएर निर्वाचन प्रचारप्रसार कार्यक्रमको शोभा बढाएको विषयलाई छाडेर सामाजिक संजालको पनि जनप्रतिनिधिका प्रचारप्रसारले अतुलनीय शोभा बढेको छ । शनीबार रात्रीपख सुनवल नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष बिरबल चौधरिले त झन सामाजिक संजालमा जनप्रतिनिधि हुदाहुँदै पनि पार्टीको चुनावी प्रचार गरेर बास्तबमै अतुलनीय कार्य गर्नुभएको छ । उहाले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै नियम उल्लंघन गरि प्रचारप्रसारमा उल्लेख्य योगदान दिनुभएको छ ।हाम्रा स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुले निर्वाचन आचारसंहिताको जानकारी पाएनन वा निर्वाचन आयोगको निर्देशन थाहा पाएनन ? यो एक आश्चर्यको विषय हो, तर निर्वाचन स्वच्छ, भयरहित, प्रभाबरहित, निष्पक्ष तवरले सप्पन्न हुनु पर्छ । साथै निर्वाचन आचारसंहिताको पनि प्रभावकारी पालना हुन जरुरी छ । जब जिम्मेवार पद धारण गरेका ब्यक्तिहरुबाट नै आचारसंहिता र नियम उल्लंघन हुन्छ तब समाजमा जनतालाइ कसरि नियम र आचारसंहिताका पाठ पढाउन सकिएला त? नियम र आचारसंहिता सबैका लागि समान हुन, त्यस्को सबैले प्रभावकारि रुपमा पालना गर्नुपर्छ । नगर्नेलाइ कडा भन्दा कडा सजाय हुनु पनि अपरिहार्य छ, कडा कारबाहीको ब्यबस्था गरेमा मात्र नियम तथा आचारसंहिता उल्लंघनका घटना भविष्यमा घट्न पाउने छैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *