कृषि र शिक्षालाई प्राथमिकता दिँदै प्रतापपुरको नीति तथा कार्यक्रम सार्वजनिक

समाचार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ।पालिकका अध्यक्ष उमेश चन्द्र यादवको सभाअध्यक्षयतामा र प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा बुधबारका दिन पालिकाले त्रिभुवन क्याम्पस बेलाटारी नेपाल भारत मैत्रीपुर्ण भवनको गान्धीहलमा भएको १२औं गाउँसभामा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता राख्दै पालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँसभामामा‘किसानको उन्नती, प्रतापपुरवासीको प्रगति’र “हाम्रो इच्छा,प्रतापपुरमा प्राविधियुक्त बहुआयामिक शिक्षा”भन्ने मुल नाराका साथ कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर पालिका अध्यक्ष उमेशचन्द्र यादवले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

कृषि प्रणालीलाई व्यवसायीककरण गर्न कृषि प्रयोगशाला निर्माण गरिने उल्लेख छ। गाउँपालिकालाई केरा पकेट क्षेत्रको रुपमा विस्तारगर्दै केरा र उखुको बिउबिजनको व्यवस्था गरी अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। कृषिमा युवा विशेष कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कृषक परिचयपत्र उपलब्ध गराइने अध्यक्ष यादवले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

शिक्षातर्फ गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई एकरुपता ल्याउन एउटै रंगरोगनको व्यवस्था गरिने छ। भने १२ कक्षा उत्तिर्ण गरी स्नातक प्रथम वर्षमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साइकल वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिदै आयुर्वेद गाउँघर क्लिनिकलाई निरन्तरता दिइने उल्लेख छ। ६० वर्ष पूरा भएका महिला स्वास्थ्य स्वंय सेविकाहरुका लागि स्वयंसेविका कल्याण कोष स्थापना गरिने उल्लेख छ।

उद्योगतर्फ पाँच लाखभन्दा बढी लगानीको उद्योग स्थापना गर्ने उद्योगहरुको लागि ५ वर्ष बराबरको कर छुट दिइने छ भने सानो पुजीका उद्योग र लघुउद्द्मलाई अनुदानको व्यवस्था गरि लघु उद्यम कार्यक्रम मार्फत १ सय ५० लघु उद्यमि तयार गरिने उल्लेख गरिएको छ । युवाहरुलाई स्वरोजगार बनाउन युवा उद्यमशिल कोष स्थापना गरिने र उपयुक्त स्थानमा उद्योगग्राम स्थापनाका लागि पहलगर्दै कोशेली घर निर्माण गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।

पुर्वाधार बिकास तर्फ आगामी पाँच बर्ष भित्र कच्चीरहित सडक निर्माणका लागि गाउँभित्रको बाटोलाई पिसिसी र आरसिसी तथा बाहिरी बाटोलाई कालोपत्रे बनाइ प्रतापपुरलाई चक्रपथ निर्माण गरिने उल्लेख छ।अव्यवस्थित बसोबासिहरुको लगत तथा तथ्यांक संकलन गरि समस्या समाधान गर्ने निति लिइएको छ । सहकारी शिक्षालाई प्राथमिकता दिदै सहकारी मर्जलाई जोड दिएको छ भने पाँच वर्षभित्र झुपडीमुक्त पालिका बनाउनलाई आवास निर्माण गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

खेलकुद तर्फ रंगशाला निर्माण एवं खेलकुद मैदानहरुको स्तरोन्नति गरिने जनाइएको छ। फोहोर मैला व्यवस्थापनका लागि ल्यान्ड फिल्ड साइडको खोजी गरि कामलाई तिब्रता दिदै गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई तीव्रता दिइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष मान कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले ल्याएको निति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न सबैको सहयोग अपरिहार्य रहेको जोड दिनुभयो ।

गाउँसभाको उद्द्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धि भएकोले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनु भयो।वडा स्तरमा योजना तानातान गरेर लैजानुभन्दा ठोस योजनामा जोड दिनुपर्ने उहाँको भनाइ छ।केही बर्षदेखि स्थानीय तहमा बेरुजुको अवस्था बढ्दै गएकोले बताउदै पहिला पहिला आन्तरिक प्रशासनलाई सुधार गर्नुपर्नेमा जोड त्रिपाठीले जोड दिनुभयो।निति तथा कार्यक्रमलाई समेटदै भोलि बिहीबार प्रतापपुर गाउँपालिकाले अगामी बर्ष ०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने जनाएको छ।भने पश्चिम नवलपरासीमा ७ पालिका रहेको जिल्लामा प्रतापपुर गाउँपालिकाले पहिलो पटक स्थानीय रेडियोहरु र पालिकाको फेसबुक पेजबाट गाउँसभाको प्रत्यक्ष प्रसारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published.