स्वयंसेविकाहरूलाई चारदिने पुनर्ताजगी (रिफ्रेसर) तालिम

समाचार

परासी, १९जेठ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई चारदिने पुनर्ताजगी (रिफ्रेसर) तालिम दिइएको छ । रामग्राम नगरपालिकाको स्वास्थ्य शाखा नवलपरासीको आयोजनामा उक्त चार दिने पुनर्ताजगी (रिफ्रेसर)तालिम दिइएको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई गाउँ घरमा दिने सेवालाई थप प्रभावकारी बनाउन उद्देश्यले उक्त तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले जानकारी दिए  ।

रामग्राम नगरपालिकाको नगरप्रमुख धनपत यादवले चार दिने तालिमको  समापन गरेका छन । तालिमको समापन कार्यक्रम बोल्दै कोभिड महामारीको बेलामा आम नागरिकलाई स्वास्थ्य सेवा निस्स्वार्थ रूपमा सेवा खटिएहरुको मूल्याङ्कन पक्कै पनि कुनै न कुनै क्षेत्रबाट र राज्यबाट अवश्य हुने विश्वास व्याक्त गरेका थिए ।

आमनगरिक सेवा निरन्तर लगेको प्रशंसनीय कार्य रहेको भन्दै नगरप्रमुख यादवले नगरपालिकाले गर्ने सहयोग र साथ सधैँ रहिरहने बताए  । उपप्रमुख सम्झना चौधरीले सेवा प्रभावकारी बनाउन र सेवालाई अझै प्रभावकारी बनाउन पुनर्ताजगी तालिमले थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी थिइन । आमनागरिक सेवा निरन्तर लगेको प्रशंसनीय कार्य रहेको भन्दै नगरप्रमुख यादवले नगरपालिकाले गर्ने सहयोग र साथ सधैँ रहिरहने बताए  ।

चार दिने तालिममा सुक्रौलि स्वास्थ्य चौकी इन्चार्ज बलराम सपकोटाले सुरक्षित मातृत्व शिशु परिवार नियोजन, नगरपालिकाको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज हरिजनले खोप निर्देशिका सम्बन्धी र पोषणयुक्त, सर्ने रोग नसर्ने रोग प्रजनन अभिलेख प्रतिवेदन सम्बन्धी प्रशिक्षण दिएका थिए । तालिम नगरपालिका भित्र रहेका १८ वटै वडाका स्वयंसेविकाहरूको ३० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *