बर्दघाट ४ बाढिपिडितको भवन प्रयोगमा ल्याईनुपर्ने काङ्ग्रेसको माग

समाचार

नवलपरासी / ६ चैत

नेपाली काङ्ग्रेस बर्दघाट नगर समितीले बर्दघाट ४ बाढिपिडितमा रहेको बहुउदेश्यिभवनलाई यथाशिघ्र संचालनमा ल्याईनुपर्ने माग गरेको छ ।

नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितीले सोहि बिषयमा आज पत्रकार सम्मेलन मार्फत बिज्ञप्ती सार्वजनिक गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बर्दघाट नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमालले केहि दिन अघि जारी गरेको बिषयलाई लिएर आपत्ति जनाएको छ ।

बिज्ञप्तीमा भनिएको छ —बर्दघाट ४ का अध्यक्ष रबिन्द्र बिक्रम हमालले जारी गरेको बिज्ञप्ती प्रती नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ । साबिक माकर गा.बि. स भएको स्थानमा नयाँ भवन बनि प्रयोग बिहिन भएको सन्दर्भमा स्थानिय जनसरोकारको बिषयमा स्थानियबासी र बडा अध्यक्ष बिचभएको बिबादास्पद बिषयलाई लिएर वडा अध्यक्ष जस्तो व्यक्तिले जनगुनासो सम्बोधनगर्नुको सट्टा जन उपेक्षागर्दै नेपालको लोकतान्त्रीकआन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको अग्रणि पाटि माथि नै आचआउनेखालको आपत्ति जनकशब्दहरु सामाजिक संजालमा समेत प्रसारित भएकोमा नेपाली कांग्रेस खेद प्रकट गर्दछ ।

नेपालको संबिधानअनुसार प्रतिनिधिले जनताका उचित माग सम्बोधन गर्दै जानुपर्नेमा राजनितीक आस्थाको आधारमा बिचार आक्रोस प्रकट गर्न नहुने ,आफ्नो कमजोरीलाई राजनितीकरण गर्न नहुने,त्यै गरी नागरीक सरोकारका मुद्धालाई बिषयान्तर गर्न नहुने हुदा जडा जस्तो जिम्मेवार निकायलाई बिबादमा ल्याएको प्रतिदुख प्रकट गर्दै त्यस्ता गैर जिम्मेवारपुर्ण अभिव्यक्तिहरु यथासिघ्र फिर्ता लिई अबउपरान्त यस्ता कार्यहरु नदोहोराउने प्रतिबद्धता सहित माफि माग्नुपर्ने र बाढिपिडितका जनताको माग ,अनुसार निर्मित सो भवन प्रयोगमा ल्याई सेवा सुचारु गर्न माग गर्दछौ नगर सभापति दामोदर जिसीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।